धादिङ,२६ असोज ।
यतिबेला देशैभर प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी माहोल तातेको छ। टिकट पाउनेहरु खुशी देखिन्छन् भने टिक नपाउनेहरुको रोईलो छ । टिकट पाउनुपर्नेले नपाएको भन्दै जिल्ला नेतृत्व तहदेखि कार्यकर्ता सम्म असन्तुष्टी देखिएको छ । नेकपा (एमाले) धादिङमा विवाद देखिएको छ ।
प्रतिनिधि सभा क्षेत्र नं. १ क बाट एमालेले युवा उम्मेदवार रमेश आचार्यलाई टिकट दिएपछि त्यस क्षेत्रका एमाले कार्यकर्ताहरुमा असन्तुष्टी देखिएको छ । असन्तुष्ट कार्यकर्तालाई हातमा लिएर एमालेका नेता नेत्र पौडेलले आचार्य विरुद्ध बागी उठेका छन् । पौडेलले आज स्वतन्त्र चुनाव चिन्ह ‘चिम’ पाउनुभएको छ ।
यता क्षेत्र नं. २ को ‘ख’ मा पनि किचलो सुरु भएको छ । प्रतिनीधि सभा क्षेत्र नं.२ को ख मा संबिधानसभा सदस्य भईसकेका एमाले धादिङ उपाध्यक्ष धनबहादुर घलेको उम्मेदवारी फिर्ता भएपछि एमालेमा किचलो सुरु भएको हो ।
घलेले सामाजिक सञ्जाल फेसबुक मार्फतआफु काठमाण्डौं भएको बेला प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेद्वार खेम लाहेनीले किर्ते गरेर आफ्नो उम्मेद्वारी फिर्ता गरेको भन्दै उपाध्यक्ष घलेले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । राप्रपा संग तालमेल गर्ने बहनामा, खेम लोहनीको बलजबर्जस्तीमा निर्वाचन कार्यालय संग सेटिङ गरी, मलाई थाहै नदिई, सोत्धै नसोधि, मेरो सहमति विना मेरो उम्मेदवारी हटाएको खबरले स्तब्ध छु घलेले आफ्नो फेसबुकमा लेख्नुभएको छ ।
सतप्रतिशत विजय हुने सम्भावना हुंदाहुंदै कुनै नेताहरुको स्वार्थ प्राप्त गर्न सकिन्छ कि भन्ने मनशयका साथ मेरो उम्मेदवारी हटाएको प्रमाणित भयो। यो उम्मेदवारी हटेकोमा मेरो कुनै गल्ती र दोषी छैन। दोषी नेतृत्वको हो । यस्ता दोषीलाई जनताले चिन्नु पर्ने नै छ । त्यसैले यस्तो बेइजेत र अपमान सहेर पार्टीमा बसिरहन मेरो नैतिकताले मानेन। मानव भएर दानव सरह पार्टीमा बसिरहनु भन्दा स्वतन्त्र जिवन जिउने मेरो आत्मा निर्णय गर्दछु उहाँले लेख्नुभएको छ ।
३३ वर्ष सम्म एमालेको संगठनलाई मजबुद बनाउने पनि आफ्नो सहमति विना खेम लोहनीले उम्मेदवारी हटाएकोमा मेरो खेद प्रकट गर्दै नेकपा एमाले आदिवासी जनजाति महासंघको केन्द्रीय सचिवालय सदस्य र नेकपा एमाले जिल्ला कमिटि धादिङको उपाध्यक्ष पदबाट राजिनामा गर्दै एमाले पार्टी परित्याग गरिएको घोषणा गर्दछु फेसबुकमा भन्नुभएको छ ।
यता नेकपा एमाले जिल्ला ईञ्चार्ज समेत रहनुभएका खेम प्रसाद लोहनीले भने केन्द्रको निर्णयलाई स्विकार गर्नुपर्ने बताउनुभएको छ । लोहनीले उम्मेद्वारी आफुले पायो भने खुशी नपाए बेखुशी भन्दै उहाँले जिल्लाको निर्णय नभई केन्द्रको निर्णय भएकोले केन्द्रको निर्णयलाई सबैले मान्नुपर्ने बताउनुभयो।
‘पहिलेदेखि नै राप्रपासँग तालमेल गर्ने भन्ने कुरो थियो, उपाध्यक्ष ज्यू लाई पनि यो कुरा थाहा थियो, लोहनीले भन्नुभयो–‘मनोनयनको दिन सम्म ठोस निर्णय आएको थिएन, त्यसैले हाम्रै सल्लाहमा मनोनयन दर्ता गर्नुभयो, तर अहिले केन्द्रले राप्रपासँग तालमेल गर्ने भनेर र्निणय सहितको पत्र आएपछि उम्मेद्वारी फिर्ता भएको हो, सबै केन्द्रको निर्णय हो, उहाँले भन्नुभयो ।’ केन्द्रको निर्णय उपाध्यक्ष धनबहादुर घले लगायत पार्टी कमिटिका सबैलाई जानकारी भएको खेम लोहनीले दाबी गर्नुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |