एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण आफूले टिकट नपाएको बताएका छन् ।
बिहिबार दिउँसो थापाथलीस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै रावलले यस्तो बताएका हुन् । ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको उनको भनाइ छ।
‘मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ।’ रावलले भने । ओलीको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको उनले बताए ।
पार्टीको काममा लागिरहेको बेलामा आफूलाई पार्टीको सम्पर्कमा नभएको भनेर प्रचार गरेको समेत रावलले बताए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |