धादिङ,२७ असोज ।
धादिङमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगको तालमेल जिल्ला र प्रदेश कमिटिको निर्णय तथा परिपत्र अनुसार भएको एमाले धादिङले जनाएको छ ।
बिहिबार नेकपा एमाले धादिङले एक बिज्ञप्ती जारी गर्दै राप्रपा र एमाले बिचको तालमेल कुनै व्यक्ति बिशेषको ईच्छा,स्वार्थ र लहडमा नभई सिंगो पार्टीको जिल्ला,प्रदेश तथा केन्द्रिय कमिटीको निर्णय,निर्देशन र परिपत्र बमोजिम निर्णय भएको जनाएको छ ।
नेकपा एमाले धादिङका ईन्चार्ज खेम लोहनी र जिल्ला अध्यक्ष भुमि त्रिपाठीद्धारा हस्ताक्षरित विज्ञप्तीमा राप्रपा र एमाले बिच निर्वाचन माहोल सुरु हुनसाथै केन्द्रबाटै तालमेल गर्ने निर्णय भए बमोजिम धादिङ जिल्लामा पनि तालमेल भएको उल्लेख गरिएको छ ।
प्रतिनिधिसभामा राप्रपाका उम्मेदवार पर्शुराम तामाङले उम्मेदवारी फिर्ता लिएर एमालेका खेम लोहनीलाई समर्थन गरेका छन् । त्यस्तै प्रदेशतर्फ सोही क्षेत्रको १ नम्बरमा एमालेका धनवहादुर घलेले राप्रपाका डम्बर तामाङलाई समर्थन गरेर फिर्ता लिएका छन् ।
त्यस्तै प्रदेश २ तर्फ राप्रपाका मोहन पोखरेलले एमालेका डा।रामकुमार आधिकारीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |