आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा थोरै संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमध्ये पाँच वटा कर्णाली प्रदेशका रहेका छन् ।
निर्वाचन आयोगका अनुसार सबैभन्दा कम संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमा हुम्लाको निर्वाचन क्षेत्र नं.१, मनाङको निर्वाचन क्षेन नं.१, मुस्ताङको निर्वाचन क्षेत्र नं.१, अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको निर्वाचन क्षेत्र नं.२, जुम्लाको निर्वाचन क्षेत्र नंं.१, मुगुको निर्वाचन क्षेत्र नं.१, डोल्पाको निर्वाचन क्षेत्र नं.१ र रोल्पाको निर्वाचन क्षेत्र नं.१ रहेका छन् ।
सबैभन्दा कम उम्मेदवारी परेको १० वटा निर्वाचन क्षेत्रमध्ये रोल्पाको निर्वाचन क्षेत्र नं.१ र जुम्लाको निर्वाचन क्षेत्र नंं.१ वाहेक अन्यमा एक जना पनि महिलाको उम्मेदवारी परेको छैन ।
आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा कम संख्याले उम्मेदवारी हुम्लाको निर्वाचान क्षेत्र नं.१ र मनाङको निर्वाचन क्षेत्र नं.१ मा दिएका छन्। यी दुवै क्षेत्रमा तीन–तीन जनाको मात्र उम्मेदवारी परेको छ ।
दोस्रो कम संख्यामा उम्मेदवारी मुस्ताङ्को निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यो क्षेत्रमा ४ जनाले उम्मेदवारी दिएका छन् ।
तेस्रो कम संख्यामा उम्मेदवारी अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको निर्वाचन क्षेत्र नं.२, जुम्लाको निर्वाचन क्षेत्र नंं.१, मुगुको निर्वाचन क्षेत्र नं.१, डोल्पाको निर्वाचन क्षेत्र नं.१ र रोल्पाको निर्वाचन क्षेत्र नं.१ मा परेको छ । यी सात वटै निर्वाचन क्षेत्रमा पाँच–पाँच जनाले उम्मेदवारी दिएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |