नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो ।
बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्तासमेत रहेका सह-महामन्त्री जीवन परियारले बताए ।
आजको बैठकमा घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा पेस गरेका थिए। शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिती बनेको थियो । अर्थविज्ञ स्वर्णीम वाग्लेको संयोजकत्वमा डा.गोवीन्दराज पोखरेल, गेजा शर्मा वाग्ले, डा. कृष्ण पौडेल, प्रताप पौडेल लगायत ६ सदस्सीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |