आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको छ ।
प्रतिनिधिसभातर्फ कूल दुई हजार चार सय १२ उम्मेदवारमध्ये खस आर्य समूहमा सबैभन्दा बढी एक हजार १७ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगको तथ्याङ्क छ । आदिवासी जनजाति समूहमा छ सय ४१, मधेसी समूहतर्फ पाँच सय छ, दलिततर्फ ९७, मुस्लिमतर्फ ८२ र थारु समूहतर्फ ६९ जनाको उम्मेदवारी कायम भएको छ ।
प्रदेशसभातर्फ पनि खसआर्य समूहका उम्मेदवार बढी देखिएका छन् । खसआर्यतर्फ एक हजार ५५ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन हजार २२४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
प्रदेशसभातर्फ नौ सय छ आदिवासी जनजाति, आठ सय ७४ मधेसी, एक सय ४५ मुस्लिम, एक सय ४४ दलित र एक सय जना थारु समूहतर्फ उम्मेदवारी कायम भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यही असोज २३ गते देशभर उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |