संसदीय निर्वाचन नजिकिएसँगै प्रमुख प्रतिपक्षी एमाले घोषणापत्र निर्माणमा केन्द्रित भएको छ ।
घोषणापत्रलाई अन्तिम रूप दिन एमाले अध्यक्ष केपी ओली शनिबार ललितपुरको लाँकुरीभन्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’ पुगेका छन् । मस्यौदालाई अन्तिम रुप दिन ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाको सहयोग लिइरहेका छन् ।
एमालेले तीन दिनभित्र घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
राष्ट्रियता, सुशासन, समृद्धि, रोजगारी अभिवृद्धि, भ्रष्टाचार नियन्त्रणजस्ता विषयलाई मुख्य एजेन्डा बनाउँदै एमालेले निर्वाचन घोषणापत्रलाई अन्तिम रूप दिने तयारी गरेको हो ।
एमालेले २६ साउनमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो । अध्यक्ष ओलीको संयोजकत्वमा रहेको कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |