आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक रहेको पाइएको छ ।
निर्वाचन आयोगका अनुसार सात प्रदेशमा ३३० सीटको लागिको हुने निर्वाचनमा ३ हजार २२३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २ हजार ९४३ जना पुरुष छन् भने २८० जना महिला ।
परेको कुल उम्मेदवारीमध्ये महिलाको संख्या मात्र ८.६८ प्रतिशत रहेको छ ।
आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश सभाका ३३० सीटमध्ये १५८ वटामा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन । अर्थात करिव आधा सीटमा एक जना पनि महिला प्रतिस्पर्धामा उत्रिएका छैनन् । कुलकाे ४७.८७ प्रतिशत सीटमा महिला उम्मेदवारी सून्य रहेकाे छ ।
प्रदेश सभाका कुल सीटमध्ये १०८ वटामा मात्र एक–एक जना महिलाले उम्मेदवारी दिएका छन् । ३९ वटा सीटमा महिला उम्मेदवारको संख्या दुई–दुई जना रहेको छ ।
यस्तै, प्रदेश सभाको १३ सीटमा महिला उम्मेदवारको संख्या तीन–तीन जना रहेको छ । पाँच सीटमा महिला उम्मेदवारको संख्या चार–चार जना रहेको छ भने सात सीटमा महिला उम्मेदवार पाँच–पाँच जना रहेका छन् ।
प्रदेश सभातर्फ प्रदेश नं.१ मा ५२, मधेश प्रदेशमा ७४, बागमती प्रदेशमा ८०, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा २९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जना महिलाले उम्मेदवारी दिएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |