धादिङ,०१ कात्तिक।
धादिङमा नेपाली कांगे्रसबाट बागी उम्मेदवार बनेका दुई उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
जिल्लाको निर्वाचन क्षेत्र नं.१ मा स्वतन्त्र उम्मेदवारी दिएका सत्ता गठबन्धनका घटक नेपाली कांग्रेसका प्रकाश घलेले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका छन् ।
घलेले सोमबार एक विज्ञप्ती जारी गर्दै राजनीतिक स्थिरता स्थापित गर्नका लागि र एमालेले नेतृत्व गरेको गठबन्धनका कारण विगतमा जस्तै मुलुक, लोकतन्त्र र संविधान संकटमा पारिने संभावनालाई गम्भीरतापूर्वक विश्लेषण गरी कांग्रेस नेतृत्वको गठबन्धनलाई देशभरबाट विजयी गराउनुपर्ने आवश्यकता रहेको महसुस गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेको बताएका छन् ।
त्यसैगरी धादिङ निर्वाचन क्षेत्र नं.२ को ख मा स्वतन्त्र उम्मेदवारी दिएकी कांग्रेस नेतृ देवी पाण्डे(बुर्लाकोटी) ले पनि आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छिन् । बुर्लाकोटीले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस पार्टीको उम्मेदवार चयन प्रक्रियामा अन्याय भएको महसुस गर्दै स्वतन्त्र उम्मेदवारी दिए पनि गठबन्धनको मर्म बुझ्दै पार्टीप्रतिको आस्थालाई मजबुत बनाउने संकल्पका साथ उम्मेद्वारी फिर्ता लिएको विज्ञप्तीमार्फत जानकारी गराएकी छिन् ।
नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र बागी उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने समेत कांग्रेसले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |