धादिङ,१७ कात्तिक ।
धादिङमा चुनावी सरगर्मी बढेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजबादी पार्टी लगायतका दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदातका घरघरमा पुगिरहेका छन् । प्रतिनिधिसभातर्फ धादिङ क्षेत्र नं १ को प्रतिनिधि सभामा सत्ता गठबन्धन दलका तर्फबाट राजेन्द्र पाण्डे, नेकपा एमालेका तर्फबाट भुमि त्रिपाठी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमेश पन्त लगाएतका उम्मेदवार हुनुुहुन्छ।
क्षेत्र नं १ को प्रदेश क मा एमालेबाट रमेशकुमार आचार्य,सत्ता गठबन्धन दलबाट मधुकुमार श्रेष्ठ, स्वतन्त्र नेत्र पौडेल लगाएत बिभिन्न पार्टीका उम्मेदवार हुनुुहुन्छ। क्षेत्र नं १ को प्रदेश ख मा सत्ता गठबन्धन दलबाट शालिकराम जमकट्टेल, नेकपा एमालेबाट गजेन्द्र प्रसाद थपलिया उम्मेदवार हुनुुहुन्छ।
यस्तै धादिङ क्षेत्र नं २ को प्रतिनिधि सभामा सत्ता गठबन्धन दलका तर्फबाट रामनाथ अधिकारी, नेकपा एमाले–राप्रपाका तर्फबाट खेम लोहनी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बशुमाया तामाङ लगाएतका उम्मेदवार हुनुुहुन्छ।
क्षेत्र नं २ को प्रदेश क मा एमाले–राप्रपाका डा.रामकुमार अधिकारी, सत्ता गठबन्धनका गोविन्द लम्साल हुनुहुन्छ भने क्षेत्र नं २ को प्रदेश ख मा सत्ता गठबन्धनका जगत बहादुर सिम्खडा, एमाले–राप्रपाका डम्बर तामाङ लगाएतका उम्मेदवार हुनुुहुन्छ। दलहरुले घरदैलो अभियानलाई तिव्रता दिएसँगै जिल्लाका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |