

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।
आयोगको कान्तिपथस्थित परिसरमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रतिनिधिसभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गरे । समारोहमा सचिव दुवाडीले निर्वाचित सांसदहरूलाई बधाई दिँदै निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्बन्धित सबैमा धन्यवाद व्यक्त गरे ।
आयोगले गत २८ मंसिरमा समानुपातिक निर्वाचन प्रणालीतर्फको परिणाम सार्वजनिक गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० सांसद निर्वाचित भएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |