

आफैँ प्रधानमन्त्री बन्न पार्टीभित्र तथा बाहिर लबिङ थालेका कांग्रेस नेता रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउन प्रस्तावक बसेका छन् । नेता पौडेलले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका गठबन्धनका शीर्ष नेताहरूलाई भेटेर आफूलाई प्रधानमन्त्रीमा सघाउन अनुरोध गरेका थिए ।
मंगलबार कांग्रेस संसदीय दलको नेता बन्न सभापति देउवालाई प्रस्ताव गरेका हुन् भने कांग्रेस पूर्वउपसभापति पूर्णबहादुर खड्का देउवाको समर्थक बसेका छन् । संसदीय दलको नेता बन्न कांग्रेस संस्थापनइतरका गगन थापाले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस महामन्त्री समेत रहेका थापालाई डा. शेखर कोइरालाले प्रस्तावक बनेर साथ दिएका छन् भने समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा तथा कृष्णप्रसाद सिटौला पक्षका प्रदीप पौडेल रहेका छन् ।
कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदै छ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |