












बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको भोलिपल्ट शुक्रबार उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पदमै रहेका अवस्थामा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एकीकृत समाजवादीका तर्फबाट धादिङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका पाण्डेले ३५ हजार ९३४ मत ल्याएका थिए । एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका भएका थिए ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई शपथ ग्रहण गरेपछि उनले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |