नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । १३ पुसमा हुने निर्वाचनको तालिकासमेत सार्वजनिक भएको छ । हेटौंडामा हुने निर्वाचनको लागि प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।
निर्वाचन तालिकाअनुसार १२ पुसमा दिउँसो १ बजे मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमा दाबी विरोध दिउँसो २ बजे, अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे गरिने उल्लेख छ ।
१३ पुस बिहान ८ बजे उम्मेदवारी दर्ता, बिहान साढे १० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन, बिहान ११ बजे उम्मेदवारहरूको दाबी विरोध, दिउँसो १२ बजे उम्मेदवारहरूको दोस्रो पटक नामावली प्रकाशन प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
समितिले दिउँसो साढे १२ बजे उम्मेदवारी फिर्ता लिने समय, दिउँसो पौने २ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन र दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान गर्ने समय तोकेको छ ।
सोही दिन मत परिणाम सार्वजनिक हुने समेत बताइएको छ । उक्त निर्वाचनमा कांग्रेसबाट प्रदेशसभा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |