सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ । नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहौल नै परिवर्तन भएको हो ।
नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कसैलाई नदिने अडान लिएपछि गठबन्धन तोडेर माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट एमाले अध्यक्ष ओली निवास बालकोट हानिएका छन् । बालकोटमा अहिले नयाँ सरकार गठनको लागि छलफल जारी छ ।
उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी नेता अशोक राई समेत सहभागी छन् । उनीहरुबीच सत्ता सहकार्यमा सहमति जुट्दा आजै सरकार गठन हुन सक्ने सम्भावना प्रबल छ ।भने, यता पहिलो आम निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने लगभग पक्का देखिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |