












नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र मात्रै मिल्दा पनि सुदूरपश्चिम प्रदेश सरकार बन्ने सहज परिस्थिती भए पनि केन्द्रमा राष्ट्रिय राजनीतिको समिकरण बदलिँदा प्रदेशमा पनि त्यसको असर पर्ने देखिएको छ ।
केन्द्रीय सरकारमा माओवादी केन्द्रले कांग्रेस संगको गठबन्धन तोडेर एमालेको समर्थनमा सरकार बनाउने भएको छ ।
माओवादी केन्द्रको नेतृत्वमा बनेको सकरारमा एमाले, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले लगायत दलले समर्थन गरेका छन्। केन्द्रको यही समीकरण प्रदेशमा कायम रहनेहो भने प्रत्यक्ष र समानुपातिक सहित १९ सिट प्राप्त गरेको नेपाली कांग्रेस प्रतिपक्षी दल बन्ने देखिएको छ ।
‘अव सुदूरपश्चिम प्रदेश सरकार नेकपा आमोवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिलेर बन्ने सम्भावना बढेको छ,’ प्रदेश सभा सदस्य तथा नेकपा एमालेका प्रदेश अध्यक्ष धर्मराज पाठकले भने, ‘केन्द्रीय राजनीतिको प्रभाव प्रदेशमा पर्नु स्वभाविक हो ।’
नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरी चौधरी (उत्सव)ले पनि केन्द्रीय समीकरण अनुसार प्रदेश सरकार बन्ने बताए ।
नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिल्दा प्रदेश सरकार बनाउन आवश्यक पर्ने बहुमत पुग्ने उनले बताए । ‘भोलिदेखि हामी त्यही परिवेसमा रहेर छलफल गर्ने छौं,’ अध्यक्ष चौधरीले भने, ‘नेतृत्व कस्ले पाउने भन्ने बारेमा भने अझै केन्द्रको निर्णय कुर्नुपर्ने हुन्छ ।’
केन्द्रबाट कुन प्रदेशमा कुन दलले नेतृत्व गर्ने भन्ने कुराको टुङ्गो लागेपछि सो विषयमा छलफल हुने उनले बताए ।
सुदूरपश्चिम प्रदेशमा नेकपा माओबादी केन्द्रका ११, नेकपा एमालका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जना प्रदेश सभा सदस्य रहेका छन् । चार वटै पार्टी मिल्दा प्रदेश सभामा सरकार चलाउन आवश्यक पर्ने बहुमत पुग्ने छ । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउनका लागि २७ जना सदस्य आवश्यक पर्ने छ । यदी चार वटा लद मिलेको अवस्थामा प्रदेश सभामा २८ सदस्य संख्या हुने छ ।
तर नागरिक उन्मुक्ति पार्टी नमिलेको खण्डमा भने एमाले र माओवादी केन्द्र मिलेर मात्रै सरकार बन्ने स्थिती हुने छैन ।
नागरिक उन्मुक्ति पार्टी कांग्रेस संग मिलेको अवस्थामा पनि सरकार बन्न सक्ने देखिएको छ । त्यसका लागि नेकपा एकिकृत समाजवादी पार्टीको समर्थन आवश्यक पर्ने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |