












प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । उनी आज साँझ खुमलटारबाट बालुवाटार गएका हुन् । बालुवाटारका ज्योतिष टिकाराम घिमिरेको साइतअनुसार प्रचण्ड साँझ ६ः२० मा बालुवाटार सरेका हुन् ।
निवर्तमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान खाली गराएका थिए । देउवाले खाली गरेपछि प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन् ।
प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीको रुपमा सोमबार सपथ लिएका थिए । साढे पाँच वर्षपछि बालुवाटार छिरेका प्रचण्डको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |