बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले पुस १८ गतेका लागि प्रदेशसभा आह्वान गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।
आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस पठाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।
आजको बैठकले एउटामात्रै निर्णय गरेको उनले जनाए ।
बागमती प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।बागमती प्रदेशसभाका एक सय १० सदस्यमध्ये ज्येष्ठ सदस्यका आधारमा उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउनुभएको हो । ढुङ्गाना नेकपा (माओवादी केन्द्र)का तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको विवरणअनुसार उहाँको जन्म २००६ साल असोज २ गते भएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यका रूपमा ढुङ्गानाले सभाको अध्यक्षता गर्नुहुनेछ ।
प्रदेशसभामा निर्वाचित बाँकी प्रदेशसभा सदस्यको शपथ ग्रहणको कार्यक्रम भोलि बिहीबार दिउँसो २ बजे प्रदेशसभा सचिवालय हेटौँडामा राखिएको छ । बाँकी सदस्यलाई ज्येष्ठ सदस्य ढुङ्गानाले शपथ गराउनुहुनेछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |