कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा नुवाकोटका बहादुरसिंह लामा विजयी भए । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ पाँच मतले पराजित भए । लामाले २१ र बानियाँले १६ मत पाए । बानियाँ पाँच वर्षसम्म दलको नेता निर्वाचित भएका थिए ।
लामा कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । दुवै नेता संस्थापन पक्षका हुन् । तर, अहिले बानियाँ पराजित भएको विषयले मकवानपुरमा ठूलै तरंग ल्याएको छ । बानियाँलाई हराउन सहमहामन्त्रीसमेत रहेकी मकवानपुरकै महालक्ष्मी उपाध्याय डिनाको ठूलो हात रहेको मकवानपुर कांग्रेसमा चर्चा छ । आफू प्रतिनिधिसभा सदस्यमा पराजित भएको बदला डिनाले अहिले बानियाँलाई दलको नेतामा हराएर लिएको मकवानपुरका एक कांग्रेस नेताले बताए ।
डिना मवकानपुर १ मा प्रतिनिधिसभा सदस्यमा उठेकी थिइन् । उनी राप्रपाका दिपक सिंहसँग दुई हजार मतान्तरमा पराजित भइन् । आफूलाई बानियाँले चुनावमा असहयोग गरेको डिनाले आरोप लगाउँदै आएकी छन् । त्यति मात्र होइन, उनले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवालाई बानियाँकै असहयोगका कारण आफूले चुनाव हारेको कुरा लगाएकी थिइन् । जसकारण देउवा दम्पतीले बहादुरसिंह लामालाई अगाडि सारेर बानियाँलाई दलको नेता हुनबाट रोकेको कांग्रेस नेतृ मिना पोखरेलले बताएकी छन् । डिना देउवाकै कारण सधैं पार्टीमा अवसर पाउने नेतृ हुन् ।
डिना र बानियाँको आपसी द्वन्द्वको फाइदा भने मकवानपुरमा राप्रपा, एमाले, माओवादीलगायतका दलले उठाएका छन् । मकवानपुरमा यसपटक कांग्रेसबाट बानियाँ मात्र प्रदेश सभा सदस्यमा विजयी भएका छन् । अरु सबै उम्मेदवार पराजित भएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |