












राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा निर्वाचन आयोग नै अन्योलमा देखिएको छ । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा नै कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्योलमा परेको हो । सोही विषयलाई प्रस्ट बनाएर निर्वाचनको मिति तय गर्ने आयोगको तयारी छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन’दयगत संविधानमा उल्लेख भए पनि शपथ’दयगत अन्योल भएकाले छलफलबाटै निर्णय लिने बताए ।‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि भन्ने व्यवस्था भयो तर नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ कहिले भन्ने व्यवस्था भएन, अन्योल भएका विषयलाई प्रस्ट पारेर समयभित्रै निर्वाचन गर्ने गरी छलफल गरेरै अघि बढ्छौं,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी २९ फागुनमा सकिँदै छ । यस्तै, उपराष्टपतिको पदावधि ९ चैतमा सकिनेछ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ । सो व्यवस्थाअनुसार निर्वाचन आयोगले २९ माघभित्र राष्ट्रपति र ९ फागुनभित्र उपराष्टपतिको निर्वाचन सम्पन्न गरिसक्नुपर्छ । आयोगले संविधानमा नै राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि पाँच वर्ष तोकिएकाले पदावधि कायम रहँदा नै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथका विषयमा अन्योलता देखेको हो । सो विषयमा आयोगले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गरेको छ । आयोगले त्यसका लागि प्रधानमन्त्रीको सचिवालयसँग समय पनि मागिसकेको छ।राजधानी दैनिक





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |