












निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उप–चुनावका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ ।
लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उप–चुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएको थियो । आयोगले आज सूचना निकालेर संविधानको धारा २ सय ७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको हो ।
निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले उप–चुनावका लागि भोलिदेखि २८ गतेसम्म आयोगमा निवेदन दिन सक्नेछन् । दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला हुने निर्वाचन अयोगले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |