












नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मंगलबार बस्दैछ । १० पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आज बिहान बैठक बस्न लागेको हो । त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्दैछ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा १६९ सांसदले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निश्चित भए पनि प्रमुख प्रतिपक्ष भनिएको कांग्रेस अनिर्णित छ ।
प्रधानमन्त्री प्रचण्ड सोमबार मात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका थिए । भेटमा प्रचण्डले विश्वासको मत माग्दा देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् । देउवाले विश्वासको मत दिने बचन दिए पनि आधिकारिक निर्णय भइसकेको छैन । त्यसका लागि देउवाले आज बिहान संसदीय दलको बैठक बोलाएका हुन् ।
कांग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ । खासगरी महामन्त्रीद्व गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्ति आर्जन गर्नुपर्ने पक्षमा छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |