मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए । अप्रत्यासित रुपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत उनको पक्षमा मतदान गर्यो । ८९ मध्ये ८६ सांसदले विश्वासको मत दिए । ३ सांसद संसदमै उपस्थित भएका थिएनन् । निर्वाचनको बेला कांग्रेससँगको गठबन्धन भएपनि सरकार बन्दा कांग्रेसको गठबन्धन तोडेर एमालेसँग गठबन्धन भयो ।
माओवादीले साथ छोडेका कारण केन्द्रदेखि सातवटै प्रदेशबाट कांग्रेस सत्ताबाट बाहिर परेको छ । तैपनि कांग्रेसले केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुमा राजनीतिक लाभ हुन सक्ने आँकलन गरिएको छ । केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रदेशमा के हुने भन्ने चर्चा सुरु भएको छ ।
यहाँ मुख्यमन्त्री खगराज अधिकारीले २९ गते विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेस बाहेक ३३ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले विश्वासको मत लिन लागेका हुन् । संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
मुख्यमन्त्री अधिकारीले कांग्रेससँग समेत विश्वासको मत माग्ने बताएका छन् । ‘प्रदेशमा सहमतिको सरकार बनाउन प्रयास गर्छु । कांग्रेससँग पनि आग्रह गर्छु,’ उनले भने, ‘सबै मिलेर मात्रै प्रदेशको विकास हुन सक्छ ।’ कांग्रेसले भने शुक्रबार नै विश्वासको मत दिने वा नदिने निर्णय गर्ने छ । संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले विहान बैठक बसेर निर्णयमा पुग्ने बताए ।
‘त्यसै दिन विहान ९ बजे दलको बैठक छ । बैठकमा साथीहरुको समेत राय लिएर मत दिने वा नदिने निर्णयमा पुग्छौं,’ उनले भने, ‘यो व्यक्तिको भन्दा पनि पोलिटिकल इस्यू हो । दलले गर्ने निर्णय हो ।’ कांग्रेसका केही सांसदहरुले भने कुनै हालतमा विश्वासको मत दिन नहुने तर्क गरेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |