

बाग्मती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । आज बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनवाट पाठक सभामुखमा निर्वाचित भएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् भने विपक्षमा ४९ मत परेको छ । यसैगरी, सो निर्वाचनमा ७ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए । पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनको समर्थन रहेको थियो ।
बाग्मती प्रदेश सभाका लागि तीन जनाको उम्मेदवारी परेको थियो । जसअनुसार आज भएको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । दुवै उम्मेदवार अस्विकृत भए पछि भएको मतदान प्रक्रियावाट पाठक सभामुखमा निर्वाचित भएका हुन ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |