बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवन पाठकले शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम बागमती प्रदेशका सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
आज भएको मतदानमा पाठक सभामुख पदमा निर्वाचित हुनुभएको थियो । शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल तथा मन्त्रीहरु र प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गाना उपस्थित हुनुहुन्थ्यो ।
नवनिर्वाचित सभामुख पाठक साविक नुवाकोट जिल्ला र हाल काठमाडौँ महानगरपालिका–३० का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले स्नातकोत्तरसम्मको शिक्षा अध्ययन गर्नुभएको छ । यसअघि उहाँले विघटित पञ्चायत व्यवस्थाको वर्गीय सङ्गठनमध्ये नेपाल युवक सङ्गठनका केन्द्रीय सचिव पदमा निर्वाचित हुँदैदेखि राजनीतिक जीवन सुरु गर्नुभएको थियो ।
पाठकले मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापनापछि २०४७ सालमा राप्रपाको स्थापनासँगै संस्थापक सदस्य हुँदै केन्द्रीय सदस्यमा निर्वाचितमा हुनुहुन्थ्यो । यसैगरी उहाँले राप्रपाको सहमहामन्त्री एवं प्रवक्ता र पार्टीको महामन्त्रीसमेतको जिम्मेवारी सम्हाली सक्नुभएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |