












सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सोमबार रातिको समझदारी अनुसार एमालेले २ राज्यमन्त्री र ८ मन्त्री पाउने भएको छ । जसमा परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य तथा जनसंख्या र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ । अर्थ मन्त्रालय यसअघि नै लिइसकेको छ ।
एमाले उच्च स्रोतका अनुसार बाँकी चार विभागीय मन्त्रीमा पर्वतका पदम गिरी,सुनसरीकी भगवती चौधरी,सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीले मौका पाउने भएका छन् । किरण साह र राजकुमार गुप्ता राज्यमन्त्री हुने सम्भावना प्रवल रहेको छ ।
दुई पटक सांसद भइसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर मन्त्री बनाउने तयारी भैरहेको एक नेताले जानकारी दिए ।
एमालेबाट यसअघि ज्वाला कुमारी साह,राजेन्द्र राई र दामोदर भण्डारी मन्त्री नियुक्त भइसकेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |