












एमालेले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार एमालेको बैठकले झापा २ बाट विजयी घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनमा सभामुख एमालेको भागमा परेको छ । घिमिरे एमाले प्रदेश १ का इन्चार्जसमेत हुन् ।
यसअघि एमालेमा सभामुखका लागि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईको नाम चर्चामा थियो । तर एमाले अध्यक्ष केपी ओलीले आफ्ना विश्वास पात्र घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय लिएका हुन् ।
संसद् सचिवालयले बुधबार १ देखि ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |