












राप्रपा सांसद ज्ञानेन्द्र शाही पार्टीको प्रमुख सचेतक नियुक्त भएका छन् । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले बुधबार प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
शाही मन्त्रीका आकांक्षी थिए । जुम्लाबाट जितेर आएका शाहीले आफू मन्त्री बन्ने भन्दै भोट मागेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा कर्णालीबाट शून्य प्रतिनिधित्व छ ।
आफूलाई पार्टीले उचित भूमिका नदिएको भन्दै शाही असन्तुष्ट बनेका थिए । राप्रपाका निर्वाचित सातमध्ये चारजना मन्त्री बनिसकेका छन् । सोही कारण अध्यक्ष लिङ्देनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |