












प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय संसदीय दल कार्यसमितिको बैठकबाट गर्ने भएको छ । सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकले सभामुख पदमा अन्य दलसँग पनि सल्लाह गरेर उम्मेद्वारी दिने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले राससलाई जानकारी दिनुभयो ।
यससम्बन्धी औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दल कार्यसमितिका पदेन सदस्यहरुको बैठक दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने पनि उहाँले बताउनुभयो । दल कार्यसमितिको निर्वाचन नभएकाले दलका नेता, महामन्त्रीद्वय र दलका प्रमुख सचेतकको बैठकले निर्णय गर्न लागेको हो ।
कांग्रेस पदाधिकारी बैठकअघि सभापति देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आफ्नै निवास धुम्बाराहीमै भेट गर्नुभएको कांग्रेसले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |