

नेपाली कांग्रेसले पोखरामा भएको हवाइ जहाज दुर्घटनाबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रमेश लेखकले १ माघमा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाबारे जानकारी संसदमा गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले विमान दुर्घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरे ।
विमान दुर्घटनाबारे सरकारले जानकारी गराउने बिहीबारको बैठकको कार्यसूचीमा समावेश हुने आफूले अपेक्षा गरेको भए पनि त्यस्तो नभएको भन्दै आपत्ति जनाएका लेखकले तत्काल कार्यसूचीमा समावेश गरेर विमान दुर्घटना के कारणले भएको हो, घाइतेहरुको उद्धारलगायतका विषयमा जानकारी गराउन सरकारको नाममा रुलिङ गर्न सभामुखसँग आग्रह गरे ।
जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारकाे ध्यानाकर्षण गराइरहेका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको निर्वाचन हुँदै छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |