

नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने निर्णय गरिएको छ ।
युवा सङ्घको पदाधिकारी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष किरण पौडेलले जानकारी दिए। यसअघि युवा सङ्घको आठौँ राष्ट्रिय महाविधेशन विसं २०६९ मा बुटवलमा भएको थियो ।
त्यसयता सहमतिको आधारमा पार्टीले युवा सङ्घको केन्द्रीय कमिटी बनाउँदै आएको थियो । बुटवलमा भएको महाधिवेशनमा महेश बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि सहमतिको आधारमा निरु पाल, राजिव पहारी, रमेश पौडेल र बचनबहादुर सिंह युवा सङ्घको अध्यक्ष भए ।
महाधिवेशनका लागि आगामी फागुन महिनाभित्र जिल्ला, पालिका र वडास्तरको अधिवेशन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष पौडेलले बताए । महाधिवेशनका लागि अध्यक्ष पौडेलको संयोजकत्वमा महाविधेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ । बैठकले पार्टी र सङ्घको हित विपरीत काम गर्ने पाँच जनालाई निष्काशन गरेको छ । महाधिवेशनको तयारीका लागि सङ्घको केन्द्रीय बैठक आगामी माघ १९ र २० गते गर्ने निर्णय गरिएको छ ।
यसअघि अनेरास्ववियु र अखिल नेपाल महिला सङ्घले राष्ट्रिय अधिवेशनको मिति तोकिसकेको छ । एमालेको जनसङ्गठनको गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको भेलाले जनसङ्गठनको राष्ट्रिय अधिवेशन-सम्मेलन चैत मसान्तभित्र गर्ने निर्णय गरेको थियो । एमालेको आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |