

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले जनप्रतिनिधिमूलक संस्था संसद्लाई जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिनुहुँदै उहाँले भन्नुभयो, “सदनको नेतृत्वले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरेर संसद्लाई रसपूर्ण बनाउनुपर्छ, त्यसतर्फ सभामुखको ध्यान जानुपर्छ ।”
बैठकमा बोल्दै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले सभामुखले जनताको आवाज मुखरित गर्ने संसद्मा दलहरुलाई विभेद गर्ने गरिएको पाइएको जनाउँदै दलहरुलाई उपयुक्त अवसर उपलब्ध गराउन माग गर्नुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले सभामुख उपसभामुखलाई बधाई तथा शुभकामना दिनुहुँदै संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही माघ १८ गते बुधबार अपराह्न १ बजे बस्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |