सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ । यो क्षेत्रमा अब उपचुनाव हुने भएको छ । सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आएपछि सरकारसँग परामर्श गरेर उपचुनावको प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।
उपचुनाव कहिलेसम्म गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था छैन । गएको मंसिर ४ गते भएको चुनावमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी हुनुभएको थियो । उहाँले एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गर्नुभएको थियो ।
चितवन २ मा हुने उपचुनावको लागि उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा पनि चर्चा सुरु हुन थालेको छ । कतिपयले रवि लामिछाने फेरि उपचुनावबाट निर्वाचित भएर आउने आकलन गरेका छन् ।
सत्तारुढ दलभित्र मिलेर उम्मेदवारी दिने कि मित्रवत प्रतिस्पर्धा गर्ने भन्ने विषयमा अनौपचारिक छलफल सुरु भएको छ । लामिछानेले चुनावका समयमा प्रयोग गरेको नागरिकतालाई सर्वोच्चले मान्यता नदिएपछि उहाँको सांसद पद गुमेको हो ।
सर्वोच्चको आदेशलगत्तै लामिछानेले मन्त्रीबाट राजीनामा पनि दिइसक्नुभएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |