नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर शनिवार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।
समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय बिभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक शुक्रवार बस्न नसके पछि शनिवार १ बजे बोलाईएको हो ।
रास्वपाले बिहिबान नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि अन्तत: पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहिवार स्थगित हुन पुगेको थियो । त्यसपछि शुक्रवार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसके पछि शनिवार अर्थात आज १ बजे बोलाईएको हो ।
बैठकले मुख्यत: रास्वपासँगको बिबाद र केन्द्रिय बिभागहरुको कार्यबिभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |