सत्तारूढ नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उनले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन महाअभियान चलाइएको बताए ।
वैदेशिक रोजगार कम्पनी भएकाहरू श्रममन्त्री, एकदम महंगो निजी स्कुल भएकाहरू शिक्षामन्त्री रहेको र नागरिकताजस्तो अत्यन्त संवेदनशील राष्ट्रियतासँग सम्बन्धितलाई गृह मन्त्री बनाउन खोजिएको उनको आरोप छ । ‘के देशमा साँच्चै सुशासन आउन लागेको हो? हामीले बहुदली व्यवस्था ल्यायौं। गणतन्त्र ल्यायौं । यसको अभिष्ट के थियो ? यत्रो मानिसहरूले रगत बगाए,’ उनले प्रश्न गरे ।
उनले कांग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गरे ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |