राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।पार्टी कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
मन्त्रीहरुलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको शिक्षामन्त्री शिशिर खनालले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई गृह मन्त्रालय नदिनेका साथै सभापति रवि लामिछानेलाई मन्त्री पनि नबनाउने भनेपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि गृहमन्त्री पद गुमाएका थिए । पुनः नागरिकता लिएपछि उनले गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागे पनि प्रधानमन्त्री प्रचण्डले बेवास्ता गरेका थिए ।
यसबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दैछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |