नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । यही माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले नेताहरुको वरीयता निर्धारण गरेको हो ।
जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो वरीयतामा रहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयतामा परेका छन् ।
त्यसपछि उपाध्यक्षहरु कृष्णबहादुर महरो, अग्निप्रसाद सापकोटा र पम्पा भुसाल क्रमश वरीयतामा परेका छन् । यसपछि महासचिव देवप्रसाद गुरुङ छन् ।
उपमहासचिवको वरियतामा निर्धारण गर्दा जनार्दन शर्माभन्दा अगाडि वर्षमान पुन परेका छन् । उपमहासचिवमा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादवको वरीयता निर्धारण गरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |