

नेकपा एमालेले टर्कीका भूकम्प प्रभावितहरूको उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गदै सोमबार बिहान टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्प र बुधबार दिउँसोसम्म गएका ३१२ भन्दा बढी पराकम्पनबाट दुई देशमा १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको घटनाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
उक्त प्राकृतिक विपदबाट भएको धनजनको क्षतिप्रति एमाले गहिरो दुःख व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यसै सन्दर्भमा नेपाल सरकारले विनासकारी भूकम्पबाट प्रभावित देश टर्कीमा मेडिकल रेस्पोन्स टिमसहित न्यानो लत्ताकपडा र अत्यावश्यक राहत सामग्री पठाउने स्वागतयोग्य निर्णय गरेको छ ।
राहत तथा उद्धारमा समयानुकूल शीघ्र प्रतिकार्यको निकै महत्त्व हुने भएकाले उक्त निर्णय यथाशीघ्र कार्यान्वयनका लागि नेकपा एमाले हार्दिक अपिल गर्दछ’, एमालेले भनेको छ, ‘यस महाविपत्तिबाट प्रभावित टर्की र सिरियाका आम नागरिकलाई तत्कालका लागि विपद् प्रतिकार्य, खोज–उद्धार, प्राथमिक उपचार र राहत वितरणमा जुट्न र आवश्यकताअनुसार राहत र पुनःस्थापनामा सहयोग गर्न सम्बद्ध सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछौं ।’






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |