Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ १, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

१४ घण्टा अघि
२

इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

१४ घण्टा अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

१४ घण्टा अघि
४

२६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

१७ घण्टा अघि
५

सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म

२0 घण्टा अघि
६

तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना

१ दिन अघि
७

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

१ दिन अघि
८

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि
९

मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी

३ दिन अघि
१०

सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना

४ दिन अघि
११

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
१२

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

५ दिन अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि
३

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

३ हफ्ता अघि
४

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

३ हफ्ता अघि
५

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

१४ घण्टा अघि
६

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ हफ्ता अघि
७

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

१ हफ्ता अघि
८

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

३ हफ्ता अघि
९

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

४ दिन अघि
१०

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

४ दिन अघि
११

श्रीमानले गरे श्रीमतीको हत्या

१ हफ्ता अघि
१२

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

२ दिन अघि

दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव

  • Default Profile
  • बागमती कलम
  • ४८९ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ माघ २९, आईतबार (३ साल अघि)
दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव

दलहरूबीचको स्वच्छ प्रतिस्पर्धा लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य मानिन्छ । समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले संविधान र कानुनबमोजिम राजनीतिक दल दर्ता, सञ्चालन र व्यवस्थापन गर्न पाउँछन् । राजनीतिक दल दर्ताका दलका लागि विधान, घोषणापत्र, कम्तीमा पाँच सय नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र, कम्तीमा २१ सदस्यीय समितिको व्यवस्थाका साथै नागरिकतालगायत कागजात आवश्यक पर्छ । निर्वाचन आयोगमा दर्ता हुनेमध्ये झण्डै ५० प्रतिशत दलले मात्रै निर्वाचमा भाग लिइरहेका हुन्छन् । निर्वाचनमा भाग लिएकामध्ये पनि सङ्घीय संसद्मा प्रत्यक्षमा निर्वाचन हुने दल १० प्रतिशतको हाराहारीमा हुने गरेका छन् ।

आयोगको तथ्याङ्कअनुसार हाल एक सय १६ राजनीतिक दलको दर्ता कायम छ । त्यसमध्ये गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८६ दल (७४ दशमलव १४ प्रतिशत) ले दल दर्ता गराएका थिए भने ४७ दल (४० दशमलव ५२ प्रतिशत) ले समानुपातिकतर्फको बन्दसूची पेस गरेका थिए । यस्तै प्रत्यक्षतर्फ ६१ दल (५२ दशमलव ५९ प्रतिशत) ले भाग लिएका थिए भने प्रत्यक्षतर्फ सङ्घीय संसद्मा १२ दल (१ प्रतिशत ३४ प्रतिशत) ले जित हासिल गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा ७८ राजनीतिक दलले निर्वाचनमा भाग लिन निवेदन दिएकामा ५८ दल मात्र सहभागी भएका थिए ।

दर्ता भएका सबै दलले निर्वाचनमा भाग लिनैपर्ने कानुनी बाध्यता छैन । तर निर्वाचनमै भाग नलिने दल किन दर्ता हुन्छन् भन्ने प्रश्न अहिले निर्वाचन समीक्षाका क्रममा उठ्न थालेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग नलिने तर दर्ता मात्रै हुने दलका लागि आयोगले प्रक्रियागत कामका लागि समय र स्रोतको प्रबन्ध गर्नुपर्ने हुँदा राजनीतिक दल व्यवस्थापनको कार्य बोझिलो भएको बताए । उनले निर्वाचनसम्बन्धी कानुनको संशोधनका क्रममा यस्ता विषयलाई सम्बोधन गरिनुपर्ने सुझाव सरोकारवाला पक्षबाट आउन थालेको बताए ।

नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित सङ्घीय कानुनबमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम आयोगले राजनीतिक दल दर्ता तथा अभिलेखीकरण गर्दै आएको छ । आयोगले प्रचलित कानुनबमोजिम आवश्यक कागजात र प्रक्रिया पूरा भएपछि दल दर्ता गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुका साथै सम्बन्धित दललाई दल दर्ताको प्रमाणपत्र र निर्वाचन चिह्न प्रदान गर्दछ । यसरी दर्ता भएका दलसम्बन्धी जानकारी प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई समेत दिने गर्दछ । सो क्रममा आयोगको जनशक्ति र स्रोत साधनको प्रयोग हुन्छ ।

गत आर्थिक वर्षमा आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १२ बमोजिमको प्रक्रिया पूरा गरी राजनीतिक दलको दर्ता खारेज गर्नसक्ने व्यवस्थाबमोजिम तोकेको अवधिभित्र तोकिएको जरिवाना तिर्न बुझाउन नआउने ४४ राजनीतिक दलको हकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ९४० आकर्षित हुने देखिएकाले दर्ता खारेजको निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सञ्चालन र व्यवस्थापनका अनुभवका आधारमा आयोगले निर्वाचनसम्बन्धी कानून संशोधनका लागि गृहकार्य गरिरहेको उल्लेख गर्दै एक पटक दर्ता भएका दलले पटकपटक निर्वाचनमा भाग नलिएमा के गर्ने ? उक्त दल दर्ता खारेज गर्ने नगर्ने जस्ता विषयलाई टुङ्गो लगाउनुपर्ने बताए । उनले विज्ञ र अनुभवीको सुझावका आधारमा संविधान र कानुनमा संशोधन भएमा त्यसलाई कार्यान्वयन गर्न आयोग तत्पर रहेको स्पष्ट गरे ।

निर्वाचन प्रणालीमा हुनुपर्ने नीतिगत सुझावका लागि अध्ययन भइरहेको जिकिर गर्दै उनले जनताको चाहना, माग र आवश्यकताका आधारमा प्रणालीगत सुधार गर्नुपर्ने सवालका सम्बन्धमा नीति अध्ययन प्रतिष्ठानको सहकार्यमा अध्ययन भइरहेको जनाए । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम विसं २०७८ साउन १ गतेदेखि २०७९ साल असार मसान्तसम्ममा सम्पादन गरेका काम कारबाहीको सोह्रौँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • 1781446343444

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम

  • chiya

    इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने

  • uml-dhd

    एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

  • received_1946838815974647

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

  • समाचार
  • १

    बागमती प्रदेश स्तरीय क्रिकेटका लागि यस्तो छ,धादिङको टिम
    १४ घण्टा अघि

  • २

    इलामका चिया उद्योग भोलिदेखि बन्द गर्ने
    १४ घण्टा अघि

  • ३

    एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?
    १४ घण्टा अघि

  • ४

    २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु
    १७ घण्टा अघि

  • ५

    सिद्धलेक गाउँपालिकाले प्रकाशन गरेको शैक्षिक पात्रोमा विभिन्न त्रुटि: सल्यानको तस्बिरदेखि गलत मितिमा बिदासम्म
    २0 घण्टा अघि

  • ६

    तीन मौसमी वायुको प्रभावःआज यी प्रदेशमा वर्षाको सम्भावना
    १ दिन अघि

  • ७

    सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट
    १ दिन अघि

  • ८

    सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ
    २ दिन अघि

  • ९

    मुग्लिङ-मलेखु सडक खण्डका चार पुल सञ्चालनमा ल्याउने तयारी
    ३ दिन अघि

  • १०

    सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुद्धारा प्रशासनमा धर्ना
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution