नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रले पुस १० को सम्झौता कार्यान्वयन गर्नुको विकल्प नरहेको बताएका छन् । उनले सम्झौता विपरीत गए माओवादी पतन भएर जाने दाबी गरेका हुन् ।
एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका क्रममा जुम्ला पुगेका सचिव भट्टराईले माओवादीले पुस १० को सहमति कायम राख्ने विश्वासका कारण एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताए । ‘समझदारीकै कारण एमाले सरकारबाट नबाहिरिएको हो,’ उनले भने,´सम्झौता विपरीत गरे माओवादी पतनको बाटोमा जाने निश्चित छ । यो वामपन्थी एक हुने अवसर भएकाले माओवादीले सहमति कार्यान्वयन गर्नेमा आशावादी छौँ ।’
सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत ठुलो अवसर गुमाएको समेत बताए । राष्ट्रपतिको उम्मेदवारका लागि एमालेको प्रस्ताव अस्वीकार गर्नु उनका लागि घाटा भएको भट्टराईको भनाइ छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |