

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज बिहीबार सुनुवाइ हुँदैछ।
एक न्यायाधीशको इजलासमा पहिलो पेसी तोकिन्छ। द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा उनीविरुद्ध रिट दायर भएको हो।
आज बिहीबार १० बजेपछि गोलाबाट न्यायाधीशको इजलास तोकिने छ। उक्त इजलासले बहस सुनेर आदेश जारी गर्ने छ। उक्त आदेशपछि मात्र प्रधानमन्त्रीविरुद्धको मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुने छ।
सर्वोच्चले सुरुमै रिट खारेज गरेमा भने यो विवादको च्याप्टर क्लोज हुने छ। यदि सर्वोच्चले कारण देखाऊ आदेशसहित लिखित जवाफ मागेमा भने मुद्दा अघि बढ्नेछ। उक्त आदेश भएमा प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ पेस गर्नु पर्ने छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |