

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको माओवादी घटकहरूको बैठक सकिएको छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित व्यक्तिसँग अन्तर्किया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले जानकारी दिए।
उनकाअनुसार त्यसका लागि फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते बृहत अन्तर्क्रिया कार्यक्रम गर्ने निष्कर्ष बैठकले गरेको छ । सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरेपछि माओवादीले अन्तर्क्रिया गर्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा जुटेका छन् । केहीदिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए। उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए ।
आजकाे बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी छन् ।
यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ। बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै शुक्रबारका लागि सारिएको छ। उक्त रिटमा सम्भवत: शुक्रबार पहिलो सुनुवाइ हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |