

नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गङ्गाराम चौधरीले जानकारी दिए ।
उनका अनुसार उपराष्ट्रपतिको उम्मेदवारका रुपमा अध्यक्ष श्रेष्ठको नाम आठ दलको बैठकमा प्रस्ताव गरिनेछ । श्रेष्ठ कैलाली–१ बाट निर्वाचित सांसद हुन्।
यसैगरी जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले पनि संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने बिहीबार निर्णय गरेको थियो । उपराष्ट्रपतिका लागि फागुन २७ गते उम्मेदवारो मनोनयन दर्ता हुनेछ भने आगामी चैत ३ मा निर्वाचन हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |