

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन भन्दै बसेको नौ दलीय गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।सिंहदरवारमा शुक्रबार अपरान्ह बसेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नसकेको हो ।
भोलि शनिबार उम्मेदवार मनोनयन गर्नुपर्ने चुनावी तालिका रहेकाले आजै वा भोलि बिहान पुनः कार्यदलको बैठक बस्नेगरी बिहीबार बिनानिष्कर्ष टुंगिएको हो । निर्वाचन आयोगले खसआर्य समुदायका व्यक्ति र पुरुषलाई उपराष्ट्रपति बनाउन नमिल्ने बताएपछि गठबन्धनमा अन्योल देखिएको छ ।
बिहीबार कार्यदलको बैठक बसिरहेका बेला कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फोन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग उपराष्ट्रपतिको उम्मेदवारबारे चासो जानकारी लिएका थिए । जवाफमा थपलियाले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने जानकारी गराए ।
पुरुष उम्मेदवार बन्न नपाउने भएपछि कार्यदलको बैठक पुनः बस्नेगरी टुंगिएको हो । आठदलीय गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने तयारी थियो भने नागरिक उन्मुक्ति र जनमतले पनि उपराष्ट्रपतिमा दाबी गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |