विभिन्न विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने वातावरण निर्माण गर्न सरकार समक्ष अनुरोध गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गरी शान्तिपूर्ण निर्वाचनको लागि सरकार, सम्बन्धित विश्वविद्यालय तथा क्याम्पस प्रशासनसँग आग्रह गरेका हुन् ।
उक्त कार्यमा आफूहरू प्रतिबद्ध रहेको ती सङ्गठनको भनाइ छ । आसन्न स्ववियु निर्वाचनमा नेविसङ्घ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियु गरी तीन विद्यार्थी सङ्गठनबीच तालमेल गरेर जाने सहमति पनि भएको छ ।
ती सङ्गठनले सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौँ उपत्यका र उपत्यका बाहिर समेतका क्याम्पसमा तालमेल गरेर जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
सहमतिअनुसार सबै सङ्गठनको मातहतका कमिटीहरुले कार्यान्वयन गर्नु गराउनु हुन निर्देशन गरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |