

निर्वाचनका आयोगले आज उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।उमेदवारविरुद्ध परेको उजुरीउपर आज जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ।
उमेदवारको मनोनयन दर्ता गरिएको भोलिपल्ट आज उमेदवारले नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ।उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उमेदवारी परेको छ।
गठबन्धनबाटै रष्ट्रिय जनमत पार्टीबाट ममता झाले पनि उम्मेदवारी दिएकी छन्। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यको गरी चार जनाको उमेदवारी परेको छ।
राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति छुट्टै लिंगको हुनु पर्ने संवैधानिक प्रावधान कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा एमाले र जनमत पार्टीकी उम्मेदवारद्वयले रामसहायप्रसादको उमेदवारी खारेजको मागसहित उजुरी दिएका छन् ।
उपराष्ट्रपति चयनका लागि चैत ३ गते बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म मतदान हुने छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |