नेविसंघ विद्यार्थी संघको असन्तुष्ट समूहले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । मा स्ववियु निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीको समूहले कांग्रेस काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।
नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलौटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन् । अन्सुल केसी र निश्चल महर्जन नेतृत्वको विद्यार्थीको समूहले बिहान नेविसंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो भने दिउँसो पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उनीहरूले सभापति शेर्पाले एकलौटी बनाएको जिल्ला अध्यक्षलाई मान्न नसक्ने भन्दै विरोध जारी राखेका छन् । उनीहरूले स्ववियु निर्वाचनको सम्मुखमा गरिएको मनपरी निर्णयले संगठनलाई क्षति हुने भन्दै सभापति शेर्पाका राजीनामा माग गरेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |