

राष्ट्रपति बिद्यादेवी भण्डारीको ७ बर्षे लामो कार्यकाल आइतवार रातीवाट सकिएको छ ।कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा भण्डारी नवनिर्वाचित नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सपथग्रहण गराएपछि राष्ट्रपति निवास शितलनिवास छाडने छिन ।
लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित भएकी राष्ट्रपति भण्डारी पुनः संघीय संविधान जारी भए पछि तेस्रो कार्यकालका लागि पनि दोहोरयाएर निर्वाचित भएकी थिइन । पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुन २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित भएकी हुन ।
दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन।
उनी नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुनुहुने पहिलो र एक्ली नेपाली महिला पनि हुन् । ७ वर्षीय लामो संघीय गणतान्त्रिक अभ्यासमा भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो र एकमात्रै महिला मात्रै होइनन, तत्कालिन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला पनि हुन ।
उनै राष्ट्रपति भण्डारी आफनो ७ बर्षे लामाे कार्यकाल सकेर साेमवार, शितलनिवासवाट बिदा हुदैँछिन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |