

निर्वाचन आयोगले नेपाली कांग्रेसलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उपराष्ट्रपति निर्वाचनको मौन अवधिमा जसपाका उम्मेदवारलाई मत हाल्ने भन्ने निर्णय गरेको सञ्चारमाध्यममा आएको आधारमा बुधबार स्पष्टीकरण सोधिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
‘स्पष्टीकरण सोधिएको छ । सञ्चारमाध्यममा जुन बाहिर आयो तर ४८ घण्टा अगाडि प्रचार प्रसार गर्ने, मत माग्नेलगायतका काम गर्न नहुने भन्ने छ । यसमा सञ्चारमाध्यममा कांग्रेसले प्रतिकुल हुने गरी निर्णय गरेको भन्ने आएपछि यसबारेमा के हो भनेर स्पष्टीकरण सोधिएको छ’, उनले भने।
सञ्चारमाध्यममा आएजस्तै भएको हो भने २४ घण्टाभित्र निर्णय कपीसहित जवाफ पठाउन भनिएको उनले बताए । बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवारलाई उपराष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |