

गोरखाको गण्डकी गाउँपालिकाले शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
गाउँपालिकाले एक सूचना सार्वजनिक गर्दै पालिकाभित्र हुने गरेका राजनीतिक कार्यक्रममा शिक्षकहरुको सक्रिय सहभागिता रहेको फोटो तथा भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षक तथा निजामती सेवा नियमावली २०५० ले निजामती कर्मचारी कुनै प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको बताउनुभयो।
उहाँले गाउँपालिकाको निर्देशन उल्लङ्घन गरी राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा विभागीय सजाय हुने बताउनुभको छ ।साथै विद्यालयलाई राजनीतिक कार्यक्रमको आयोजनास्थल बनाइ राजनीतिक कार्यक्रम नगर्न÷नगराउन पनि गाउँपालिकाले भनेको प्रशासकिय अधिकृत उपरकोटीले बताउनभुयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |